२०८३ बैशाख २६, शनिबार ०९:३८

गंगासागर पोखरी आसपासबाट हटाइएका फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि निजी स्तरबाट पहल सुरु गरिएको छ ।

जनकपुर कपडा तथा रेडिमेड व्यवसायी महासंघका उपाध्यक्ष सुनिलकुमार साहको अगुवाइमा विस्थापित व्यवसायीलाई वैकल्पिक स्थान उपलब्ध गराउने तयारी थालिएको हो ।

साहका अनुसार जनकपुरधामको सौन्दर्यीकरणका लागि फुटपाथ व्यवसाय हटाउने निर्णय आवश्यक भए पनि प्रभावित व्यवसायीको उचित व्यवस्थापन हुनुपर्ने आवश्यकता महसुस गरिएको छ । यही उद्देश्यले निजी तवरबाट जग्गा लिजमा लिएर व्यवसायीलाई व्यवस्थित रूपमा स्थानान्तरण गर्ने योजना अघि बढाइएको उनले बताए ।

उनका अनुसार नयाँ स्थानमा ८० भन्दा बढी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्ने तयारी गरिएको छ । व्यवसाय सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षागार्डको व्यवस्था गर्नुका साथै सीसी क्यामेरा जडान गरिने पनि उनले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि फुटपाथ व्यवसायी व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेकाले सरकारी प्रक्रिया पूरा हुन समय लाग्ने देखिएपछि तत्काल राहतस्वरूप निजी पहल थालिएको बताइएको छ । यसका लागि शुक्रबार सो स्थलमा सत्यनारायण भगवानको पूजा गरी उदघाटन समेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News