२०८३ बैशाख २७, आईतवार १३:१८
हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।
अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो ।
सुनको भाउ घटेको दिन आज चाँदीको भाउ बढेको छ ।
चाँदी आज तोलामा २५ रुपैयाँले बढेर तोलाको ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको भाउ अस्ति शुक्रबार तोलाको ५ हजार २७५ रुपैयाँ थियो ।


