२०८३ बैशाख २८, सोमबार ०७:२१

पुर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको चिट्ठी खरीद बिक्री भएको आरोप लगाइएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिट्ठी बिक्री गरिएको छ ।

कार्यालयले वडाध्यक्ष घिसिङले भने आफूले तीनवटा योजना प्रदेश सरकार मार्फत बजेटमा पारेका थिए । उपभोक्ता समिति बनाएर काम अघि बढाउन भन्दै तयार पारिएको चिट्ठी पहिले नै बिचौलियाको हातमा परिसकेको छ । योजनाको चिट्ठी बिचौलियाले हात पारिसकेको थाहा पाएपछि वडाध्यक्ष घिसिङ पूर्वाधार विकासका कार्यालय प्रमुख एवं इन्जिनियर सञ्जयकुमार यादवको कार्यकक्षमा भेट्न चिट्ठी वितरण भइसकेको भनेर जवाफ दिएपछि उनी अवाक भएका छ्न ।

कुनै पनि योजनाको चिट्ठी वडा कार्यालयमा पठाउनुपर्ने र वडा कार्यालयले उपभोक्ता समिति गठन गरेर पुनः पूर्वाधार विकास कार्यालयलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ । नारायण खोलाका वडाध्यक्ष घिसिङले भने वडा कार्यालयलाई जानकारी नै नदिई योजनाको चिट्ठी बुझ्ने बिचौलियाले उल्टै आफूसँग कमिसन मागिरहेको बताए । जिल्लाकै विकट क्षेत्र र सडक पनि नपुगेको लालबन्दी–१४, नारायण खोलामा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेश सरकारबाट २५/२५ लाखका तीन वटा योजना परेका छन् ।

ती तीन वटा योजनाको पैसा खर्च गर्न पाए यस वर्ष साबिक नारायण खोला गाविसको केन्द्र मटरदोभानसम्म सडक पुग्ने अवस्था रहे पनि सुरुमै बिचौलियाको हातमा चिट्ठी पर्दा काम गर्नै समस्या भएको वडाध्यक्ष घिसिङको बताए । घटनाबारे बुझ्न सञ्चारकर्मी पूर्वाधार विकास कार्यालय प्रमुख सञ्जयकुमार यादवको कार्यकक्षमा जांदा त्यहाँ बसेका सबै सर्वसाधारण र जनप्रतिनिधिको एउटै गुनासो लिएर बसेका थिए मेरो चिट्ठी खोई, बिचौलियाले कमीशन मागि रहेको गुनासो थियो ।

बलरा नगरपालिका–५, का स्थानीय सत्यप्रकाश यादवले पूर्वाधार विकास कार्यालयको अवस्था सुध्रिन नसकेको भन्दै अहिले पनि योजनाको खुलेआम खरिदबिक्री चलिरहेको बताए । नयाँ सरकार बनेपछि अन्य कार्यालयमा सुधार देखिएपनि पूर्वाधार विकास कार्यालयको हालत उस्तै पुराना अवस्थामा रहेको उनले भने ।

पूर्वाधार विकास कार्यालय मलंगवामा शुक्रबार मात्र हाजिर भएका कार्यालय प्रमुख एवं इन्जिनियर सञ्जयकुमार यादवले यसअघिका कार्यालय प्रमुखले वितरण गरेको चिट्ठीको ओसी -कार्बन राखेर छापिएको प्रतिलिपी) नै फेला नपरेको प्रतिक्रिया दिएका छन् । निवर्तमान कार्यालय प्रमुख विजयकुमार यादवसँग कागजात माग गरेपनि नदिएको यादव उनले बताए ।

उता पूर्वाधार विकास कार्यालय गौरमा सरुवा भएर गएका सिनियर डिभिजनल इन्जिनियर विजयकुमार यादवले भने कागजात नै लिएर गएको भन्ने आफूमाथि लगाइएको आरोप झुठो रहेको दाबी गरेका गरेका छ्न । उनले भने, ‘म कागजात लिएर किन जाने हो, कार्यालयको कागजात त कार्यालयमै हुनुपर्ने हो । कार्यालयसँग दर्ता, चलानी रजिस्टरमा चिट्ठी कसले लगे, कि लगेन सबै उल्लेख भएकाले हरेर भन्न सकिन्छ । यदि चिट्ठी अर्को व्यक्ति लिएर गएको छ भने सम्बन्धित व्यक्तिलाई अर्को पत्र बनाएर दिई काम अघि बढाउन सकिन्छ ।’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले पूर्वाधार विकास कार्यालय मलंगवाको घटनाबारे आफूलाई पनि जानकारी भएको बताए । उनले भने, ‘पुरानो हाकिमले कागजात लिएर गएको भन्ने छ, त्यसबारे २४ घण्टाको समय दिएर मलाईसमेत बोधार्थमा राखेर पत्र काट्नुस् भनेको छु।’ जिल्लामा मात्र नभई मन्त्रालयमै योजनाको खरिदबिक्री हुने परिपाटी रोक्नुपर्ने निवर्तमान मधेश प्रदेश सभा सदस्य अशोक यादवको माग छ । उनले पूर्वाधार विकास कार्यालयका सम्पूर्ण योजना मन्त्रालयदेखि नै सेटिङमा बिक्री हुने गरेको आरोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News