२०८३ बैशाख २८, सोमबार ११:४१
आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ भने सामान्य बढेको छ ।
सुनको भाउ हिजोको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ९८ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ भने थोरै बढेको छ । चाँदीको भाउ आज ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ५ हजार २ सय ७५ रुपैयाँ थियो ।


