२०८३ बैशाख २८, सोमबार १५:३४

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नागरिकको अधिकार हनन गर्ने सरकारको औचित्य हुन नसक्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा साम्पाङले भूमिहीन सुकुम्वासीमाथि डोजर चलाएर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै संविधान र नागरिकको अधिकार उलंघन गर्ने सरकारको कुनै औचित्य नहुने बताउनुभएको हो ।

सरकारले आफै विधि मिचेर अध्यादेश ल्याएको भन्दै उहाले आपत्ति जनाउनुभयो । उहाले संसद छल्नु भनेको जनमत नमान्नु भएको उल्लेख गर्दै सरकार आफुले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो । त्यस्तै उहाले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाउनुभयो ।

बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सरकारले सुकुम्वासीको उद्धार गरेको नभई उठीबास लगाएको बताउनुभयो । उहाले अध्यादेश ल्याएर सरकारले सदनलाई छाँयामा पार्न खोजेको आरोप लगाउनुभयो ।

सांसद ओलीले संविधानलाई मिचेर नभइ संविधान अनुसार चल्न समेत सरकारलाई सुझाव दिनुभयो ।

Comment


Related News

Latest News

Trending News