२०८३ बैशाख २८, सोमबार १९:४२

सरकारकाे आउँदाे आर्थिक वर्ष २०८३/८४ काे नीति तथा कार्यक्रम प्रस्तुत भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रममार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशेधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ ।

सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्वतयारीका रूपमा काम गर्ने उल्लेख छ ।

सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणासहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने उल्लेख छ ।

सरकारले आउँदो आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने दाबी गरेको छ ।

सरकारले आउँदो दशक अर्थात् २०८३–८४ देखि २०९३–९४ लाई रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ–

Comment


Related News

Latest News

Trending News