२०८३ बैशाख २९, मंगलवार १३:२०

सांसदहरुले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उनीहरुले समितिको कार्यक्षेत्रमा रहेका बिषयहरुमा कार्यकारीलाई जवाफदेही बनाउदै प्रभावकारी रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले बेरुजुका बिषयमा पनि गम्भीर भएर छलफल गर्नुपर्ने बताएका छन् ।

बैठकमा नेकपा सांसद बर्षमान पुनले समितिमा सत्तापक्ष प्रतिपक्षी भन्दा पनि असल भावनाले जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाले पुराना सवै खराव र नयाँ सवै असल भन्ने भाष्य भन्दा पनि गुण र दोषका आधारमा मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयो । समितिका कामहरुलाई पारदर्शी बनाउनुपर्ने र सरकारलाई समितिप्रति जवाफदेही बनाउनुपर्ने उहाको भनाइ छ । उहाले जथाभावी खर्च गर्ने प्रवृतिलाई रोक्नका लागि पनि समिति गम्भीर हुनुपर्ने बताउनुभयो ।

बैठकमा रास्वपा सांसद इन्दिरा रानाले मुलुकमा देखिएका बित्तिय समस्याहरु अहिलेको नभइ यसअघिको सरकारका कारण भएको बताउनुभयो । उहाले गलतलाई गलत र सहिलाई सहि भन्न सक्नुपर्ने भन्दै यसअघिको गलत प्रणालीलाई सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै बैठकमा सांसद सांसद खुस्बु ओलीले पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितताका बिषयमा छलफल हुनुपर्ने बताउनुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा पनि यसअघि समितिमा भएका छलफललाई पनि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

Comment


Related News

Latest News

Trending News