प्रहरीले सप्तरीका २७ वर्षिय मुस्ककिम मियालाई पक्राउ गरेको छ । अपहरण शरीर बन्धक कसुरमा सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका सप्तरी महादेव गाउँपालिका–३ का मिया श्रममन्त्री रामजी यादवका सवारी चालक समेत हुन् । सप्तरी प्रहरीको टोलीले उनलाई राजविराजबाट पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धानका क्रममा मियाले पीडितलाई अपहरण गरेर नग्न बनार कुटपिट समेत गरेका थिए । प्रहरीले पीडितले अपमानजनक हुनेगरी कुटपिट गरेको भिडियो समेत प्राप्त गरेपछि पक्राउ गरेको हो ।
पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका मियाँलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले सात दिनको अनुमतिसमेत पाएको छ । प्रहरीको अनुसन्धानका क्रममा उनी श्रममन्त्रीको सवारी चालकका रुपमा नियुक्त भएपनि आफू प्रमुख राजनीतिक सल्लाहाकार भएको बताउने गरेको पाइएको छ ।


