२०८३ बैशाख २९, मंगलवार १७:३८

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयनप्रति आफुहरुको असहमति रहेको बताउनुभएको छ ।

मंगलबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दैै निधिले आफुहरुसंग कुनै छलफल नगरि सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै त्यसमा असहमति रहेको बताउनुभएको हो । उहाले अझै पनि कांग्रेसमा चौधौँ महाधिवेशनको पक्षधर र विशेष महाधिवेशन पक्षधर फरक–फरक ठाँउमा रहेको उल्लेख गर्नुभयो । आफुहरु र विशेष महाधिवेशन पक्षधरबीच मेलमिलाप हुँदैछ भन्ने कुरा भ्रममात्रै रहेको उहाको भनाइ छ । उहाले केन्द्रीय कार्यसमिति सदस्य मनोनयन भएकाहरु आफ्नै व्यक्तिगत निर्णयबाट अर्को पक्षमा गएको हुन सक्ने बताउनुभयो ।

यसअघि सोमबार सभापति थापाले महेन्द्र यादव, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, जीवन परियार लगाएत १९ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News