२०८३ बैशाख ३०, बुधबार ०७:१९

मधेश प्रदेशका सभामुख रामअशिष यादवले प्रदेश सभामा प्रदेशसभा सदस्यहरुले खेल्नुपर्ने भूमिकालाई थप शसक्त बनाउन आग्रह गरेका छन् ।

जनकपुरधाममा मंगलबार मधेश प्रदेशसभाका सीमान्तकृत समूहको प्रतिनिधित्व गर्ने महिला सांसदहरु र सांसहरुका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सभामुख यादवले महिला सभासदस्यहरुले तथ्यसहित सदनमा प्रस्तुत हुन र आफ्नो भनाइसहितको प्रश्न प्रदेश सरकारसंग शसक्त रुपमा उठाउन आग्रह गरे ।

संविधान सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघीयता राजनीतिक अधिकारको बाँडफाँट मात्र नभइ प्रशासनिक रुपान्तरण पनि रहेकाले यसप्रति प्रदेशसभा सदस्यहरुलाई गम्भीर हुन आग्रह गरेका छन् । वरिष्ठ अधिवक्ता देवकोटाले प्रदेशसभाहरु लेकतान्त्रिक जवाफदेहीताको आवश्यक स्तम्भ रहेकाले सभासदस्यलाई प्रश्न गर्न कहिल्यै नछाड्न अपिल गरे । उनले सांसदहरुले विधायिकी काम, सरकारको अनुगमन र प्रीतनिधित्व जस्ता कार्यलाई सुदृढ पार्नुपर्ने बताए । उनले संघीयता गणतन्त्र नेपालत्रि मधेश प्रदेशमा अद्वितीय अवसर र चुनौतीहरु रहेको बताउँदै वरिष्ठ अधिवक्ता देवकोटाले संघीय , प्रादेशिक र स्थानीय सरकारहरु बीच प्रभावकारी समन्वय आवश्यक रहेको औल्याए । उनले सफल संघीयताको लागि प्रशासनिक क्षमता र संस्थागत सुधार आवश्यक रहेको बताए ।

संघीयताको कार्यान्वयनमा वित्तीय तथा प्रशासनिक संघीयता र संसदीय भूमिका सम्बन्धी तालिममा मधेश प्रदेश नीति तथा आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. भोगेन्द्र झाले अविष्ट अधिकार संघीय सरकारले आफैँमा राख्दा प्रदेशमा समस्याहरु उत्पन्न भएको बताए । उनले आर्थिक अधिकार प्रयोगका लागि संघीय सरकारले आफैमा केन्द्रित गरेपछि प्रदेशमा प्रशासनिक कठिनाइ हुँदै आएको बताए ।

राजश्व स्रोतको बाँडफाँट अधिकार क्षेत्रभित्र कर लगाउन पाउने व्यवस्था हुँदा पनि अवशिष्ट अधिकारका कारण प्रदेशमा समस्या हुँदै आएको उनको भनाइ छ । सीआइसी नेपालका कार्यकारी निर्देशक संजय साहको अध्यक्षतामा भएको यस कार्यक्रममा यूएनडिपीका प्रतिनिधि बिटुबाबु श्रीवास्तवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News