२०८३ बैशाख ३१, बिहीबार ०८:००

धनुषामा एक सामुदायिक विद्यालयले अवैधानिक रुपमा विद्यार्थीहरुसंग स्थानान्तरणको नाममा शुल्क असुल्ने गरेको भन्दै प्रधानाध्यापकलाई कारबाही गर्न माग गरेको छ ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ स्थित श्री माध्यमिक विद्यालय ढोलबजा किरतपुरमा कक्षा ८ को परीक्षा दिइ उत्तीर्ण भएका विद्यार्थीहरुसंग स्थानान्तरण शुल्कको नाममा अवैधानिक रुपमा प्रधानाध्यापक रामशंकर यादवले विद्यार्थीहरुसंग पाँच सय रुपैयाँ शुल्क उठाउने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवदेन दिएको थियो ।

अवैधानिक रुपमा विना रसिद शुल्क असुल्ने गरेको बारे प्रधानाध्यापक यादवसंग गुनासो गर्दा धाकधम्की दिने गरेको र कुटपिटसमेत गर्ने गरेको स्थानीय विद्यार्थी राहुल यादवले बताए । कक्षा ८ का परीक्षार्थीहरुले स्थानान्तरणको नाममा अवैधानिक रुपमा शुल्क असुल्ने गरेको भन्दै राहुल यादवको पहलकदमीमा जिल्ला प्रशासन कार्यालय धनुषामा अवैधानिक शुल्क असुल्ने गरेको भन्दै निवेदन पठाएका थिए ।

सो निवेदन प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयले उक्त घटनाबारे बुझ्न र कारबाही प्रक्रिया अघि बढाउनका लागि सबैला नगरपालिकालाई पत्र समेत पठाएको छ । विद्यार्थीहरुसंग अवैध रुपमा जनही पाँच सय रुपैयाँ असुल गरे पनि रकम लिएको वापतको रसिद माग गर्दा विद्यार्थीलाई प्रधानाध्यापक रामशंकर यादवले बल प्रयोग गरी कुटपिटसहित हप्काउने गरेको भन्दै अवैध असुली बन्द गराउन र अवैध कार्यमा लागेकालाई कारबाहीको दायरमा ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

Comment


Related News

Latest News

Trending News