२०८३ बैशाख ३१, बिहीबार ०८:०५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले निर्माणाधिन रामजानकी रंगशालाको स्थलगत अवलोकन गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मा पर्ने रजौलमा बुधबार रामजानकी रंगशाला परिसर पुगेका मन्त्री पोखरेलले निर्माण कार्यको प्रगति, भौतिक संरचना तथा आवश्यक पूर्वाधारबारे जानकारी लिएका छन् । अवलोकनका क्रममा उनले खेल क्षेत्रको विकासका लागि आधुनिक र व्यवस्थित पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।

मन्त्री पोखरेलले युवाहरूको प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई प्रभावकारी बनाउन सरकारले खेल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको बताए । उनले रामजानकी रङ्गशालालाई प्रदेशकै महत्वपूर्ण खेल केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए । उनले भने, ‘खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ मन्त्री पोखरेलले भने, ‘ त्यसैले सरकारले खेल मैदान, रंगशाला तथा प्रशिक्षण केन्द्र निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाइरहेको छ ।’

Comment


Related News

Latest News

Trending News