जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी- लोसपा)एकीकरण भएपछि मधेश प्रदेशमा सबै भन्दा ठूलो दल बनेको छ ।
जसपा नेपालको १८ जना र लोसपाको ८ जनागरी २६ जना सांसद पुगेको छ ।२ जना निलम्बनमा रहेका समेत जसपा नेपालको संख्या २८ पुगेको छ ।दोस्रोमा नेकपा एमाले २४ र तेस्रोमा नेपाली कांग्रेस २२ जना सांसद रहेका छन् ।चौथोमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) १४ र पाँचौमा जनमत पार्टीको १२ जना सांसद रहेका छन् ।
जसपा नेपालले विहीवार मधेश प्रदेश सभामा दुबै दलको एकीकरण भएको पत्र दर्ता गराएको छ ।दुवै पार्टीको संसदीय दलको समायोजन भएको प्रदेश सभाले जनाएको छ । उच्चस्रोतका अनुसार संसदीय दलको नेता सरोज कुमार यादव नै रहने छन् ।दोस्रो कार्यकालको लागि उनी प्रारम्भदेखि नै दलको नेता रहेका छन् ।उनी मुख्यमन्त्रीको रुपमा समेत कार्य गरिसकेका छन् । सरकारले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने जनाउ प्रदेश सभामा दिने बताइएको छ ।


