नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका राम्रा बिषयलाई अघि बढाउन कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेवल कार्यक्रममा सभापति थापाले सरकारको नीति तथा कार्यक्रममा युवा लक्षित राम्रा कुराहरु आएको भन्दै त्यसलाई अघि बढाउन पार्टीले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभएको हो । विदेशबाट फर्किएकाहरुको सीपलाई स्वदेशमा नै परिचालन गर्न सरकारले केहि गर्न खोजेको जस्तो देखिएको उहाले बताउनुभयो । सभापति थापाले सरकारले अघि सारेका राम्रा काममा साझा धारणा बनाएर जाने कोशीस गर्ने धारणा पनि राख्नुभयो ।
त्यस्तै उहाले कुनै पनि कुरा एकैपटक नहुने भन्दै परिवर्तनका लागि सिस्टमबाटै नीति नियम कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

