२०८३ जेष्ठ ४, सोमबार १३:४३
श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकभित्रै प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चा देखाएर संसद बैठकमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइदैन, जनमतलाइ सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गर लेखिएका पर्चा देखाएका थिए । सदनभित्रै श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चा देखाएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गर्नुभयो । विरोधका आफ्नै शैली हुने भन्दै उहाले सदनको मर्यादाबाहिर रहेर विरोध गर्ने काम बन्द गर्न निर्देशन दिनुभयो ।
उहाले सदनमा पर्चा देखाउने अभ्यास नरहेको स्मरण समेत गराउनुभएको थियो ।


