भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्विडेनले रोयल अर्डर अफ द पोलर स्टार कमान्डर ग्रान्ड क्रसले सम्मान गरेको छ।
यो स्विडेनको सर्वोच्च सम्मान हो, जुन कुनै देशका प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई प्रदान गरिन्छ।
प्रधानमन्त्री मोदीलाई आइतबार स्विडेनको गोथेनबर्गमा यो सम्मान प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यो भारतीय प्रधानमन्त्री मोदीले पाएको ३१औँ अन्तर्राष्ट्रिय सम्मान हो।
प्रधानमन्त्री मोदीको अभिनन्दनमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनसहित धेरै जना नेता उपस्थित थिए।
रोयल अर्डर अफ द पोलर स्टार १७४८ मा स्थापना भएको थियो। यसको उद्देश्य स्विडेन वा स्विडेनी नागरिकको हितका लागि गरिएको कामलाई मान्यता दिनु हो।
यो सम्मान विशेष गरी सार्वजनिक गतिविधिमा योगदान पुर्याउने र जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने नेतालाई दिइन्छ।

