२०८३ जेष्ठ ४, सोमबार १५:५६

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

गत वैशाख ३१ गतेको प्रतिनिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले प्रस्तुत गर्नुभएको उक्त सिद्धान्त र प्राथमिकतामाथि सोमबारबाट छलफल सुरु भएको हो । छलफलमा भाग लिदै सांसदहरुले जनताको अपेक्षा अनुसार आगामी बर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

छलफलमा भाग लिदैं रास्वपा सांसद झविलाल डुम्रेले विनियोजन विधेयक देशको भविष्य रहेकाले यसलाई नागरिकप्रतिको भरोषाका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाले आफूहरु आश्वासन बेच्ने राजनीतिबाट अलग भएकाले भाषणले नभइ कामले जवाफ दिने उल्लेख गर्नुभयो । रास्वपाले जनतासंग बाचा गरेकाले त्यसलाई पुरा गरेरै छाड्ने उहाले बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सांसद बासना थापाले सिद्धान्त र प्राथमिकता, दस्तावेजका रुपमा मात्रै नभइ कार्यान्वयनयोग्य बनाउनुपर्ने धारणा राख्नुभयो । उहाले सङ्घ, प्रदेश स्थानीय तहबीच दोहोरपन हटाएर समन्वय बढाउन आग्रह गर्नुभयो । सांसद थापाले सरकार खर्चमूखीमात्रै नभइ संरचनात्मक सुधारउन्मुख हुन खोजेपनि व्यहारमा रुपान्तरण गर्न भने चूनौति रहेको बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका सांसद पुष्पराज कँडेलले संविधानको तीनखम्वेअर्थनीति र समाजवादोन्मुख लक्ष्यलाई समेट्न नसकेको बताउनुभयो । उहाले आगामी बजेटले पञ्चबर्षिय योजनालाई अवलम्वन गनुपर्नेमा त्यस्तो नदेखिएको टिप्पणी गर्नुभयो ।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनताको समस्याहरुलाई समाधान गर्ने गरि बजेट आउनुपर्ने सुझाव दिनुभयो । आफुहरुलाई जनताले चूनेर पठाएकाले उनीहरुलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने उहाको भनाइ छ ।

अध्यक्ष राईले कर तिर्न पनि टाढाटाढाबाट कर कार्यालय धाउनुपर्ने जनगुनासो आएकाले यसलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता -कर प्रस्ताव बाहेक)माथि जेष्ठ ६ गते बुधबारसम्म छलफल गर्ने र सोहि दिन अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

Comment


Related News

Latest News

Trending News