२०८३ जेष्ठ ४, सोमबार १६:४६

अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफुहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताउनुभएको छ ।

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफुहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताउनुभएको हो । प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेतिथीहरु मौलाउदै जाने उहाले बताउनुभयो । संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ ? भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानून बनाउने मान्छेलाई कानून नसिकाउन सुझाव दिनुभयो ।

उहाले संसदभित्रै जस्तोसुकै स्वरुपमा विरोध गर्न सक्ने गरि आगामी दिनमा कानून बनाउने समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानूनमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले नै उलंघन गरेको उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News