२०८३ जेष्ठ ४, सोमबार १८:५८

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । भण्डारीको सदस्यता खुलाउने निर्णयसंग उहाँलाई दिइने जिम्मेवारीकाबारेमा पार्टीले आवश्यक निर्णय लिने भट्टले बताउनुभयो । बैठकमा पदाधिकारीहरूको वरीयता क्रम निर्धारण र वर्तमान सरकारका क्रियाकलाप, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल, पार्टी कार्यालय भवन निर्माण लगाएतका एजेण्डामाथि छलफल भएको उहाले जानकारी दिनुभयो । त्यस्तै नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, संगठन विभागमा सदस्यता थप लगाएतका महासचिवले प्रस्तुत गरेको एजेण्डामा समेत छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो । पार्टी सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने र एजेण्डामाथि थप छलफल गरेर निष्कर्षमा पुगिने उहाले बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले अहिलेको वर्तमान परिस्थिति र चुनावका परिणामका आफ्नो धारणा राख्नुभएको थियो । वर्तमान सरकार स्वच्छारी ढङ्गले चलेको देखिएको पार्टीको प्रारम्भीक निष्कर्ष रहेको उपमहासचिव भट्टले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News