२०८३ जेष्ठ ५, मंगलवार ०७:३२

धनुषाको विभिन्न स्थानबाट लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनाए अनुसार जिल्लाको धनुषाधाम नगरपालिका–८ भिमान चोकस्थित समिक्षा हेल्थ केयर प्रा.लि.बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जनालाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्यूरो शाखा कार्यालय बर्दिवासको संयुक्त टोलीले औषधि पसल तथा घरकोठामा खानतलासी गर्दा विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधहरु बरामद गरेको जनाइएको छ । धनुषा प्रहरीका अनुसार गणेशमान चारनाथ नगरपालिका–१ निवासी ३४ वर्षीय सन्तोष कुमार विश्वकर्मालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

खानतलासीका क्रममा टैपेनटडोल ५० एमजीको १ हजार ७ सय पिस, १०० एमजीको १ हजार २०० पिस, स्पासरेस्ट १ हजार ५९० पिस, ट्रमाडोल ५० एमजी एक सय पीस,एन्टिको ५ सय पीस, स्पास्पिन ५ सय पीस लगायतका लागू औषध बरामद गरिएको छ । यस्तै जिल्लाको मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्युरो बर्दिवास महोत्तरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

महोत्तरीको बर्दिवास नगरपालिका–७ घर भई हाल मिथिला नगरपालिका–१०, लालगढमा बस्दै आएका ३० वर्षीय विजय लिम्बु, महोत्तरीको बर्दिवास नगरपालिका–१ निवासी २८ वर्षीय सुमन बुढाथोकी र सोही स्थानमा बस्दै आएका अन्दाजी २७ वर्षीय सागर भनिने मनकुमार लिम्बुलाई लागुऔषधसहित पक्राउ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक लक्ष्मण केसीले सुनौलो बस्तीमा विजय लिम्बुले भाडा गरी बस्दै आएको घरमा रितपूर्वक खानतलासी गर्दा ओछ्यान मुनिबाट लागुऔषध बरामद भएको बताएका छन् ।

लिम्बुले घरबाट लागुऔषध बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा खानतलासी गरिएको उनले जानकारी दिएका छन् । प्रहरी निरीक्षक केसीले ओछ् यान मुनि र पक्राउ परेकाहरुको साथबाट गरीे टेन्टाडोल १०० एमजीका कुल ९२ र स्पासरेस्टका ८३ वटा गरी जम्मा १७५ वटा पता ट्याब्लेट बरामद भएको बताए । उनले प्रहरीले विभिन्न दरका नगद १५ हजार ५२० रुपियाँ र लागुऔषध सेवनपछि प्रयोग गरिएका खोलसमेत बरामद गरिएको जानकारी दिएका छन् । पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले बताए ।

Comment


Related News