२०८३ जेष्ठ ५, मंगलवार ०७:४३

मेयरमाथि अभद्र व्यवहार गरेकी कमला नगरपालिकाका उपमेयर शिलादेवी मण्डल विगत एक सातादेखि सम्पर्कविहिन रहेको बताइएको छ ।

केही दिन अगाडी बैठकको क्रममा मेयर विशेश्वर यादवमाथि वादविवादको क्रममा चप्पल प्रहार गरेकी उपमेयर मण्डल एक सातादेखि सम्पर्कविहिन भएकी हुन् । उनलाई प्रहरीले खोजिरहेको जनाइएपनि यो प्रहरीको फर्मालिटि मात्रै भएको आरोप मेयर यादवले लगाएका छ्न । मेयर यादवले भने प्रहरीले चाहे एक दिनमै खोजेर ल्याउन सक्छ, तर प्रहरीले चासो नलिएको हो ।

मेयर यादवमाथि घटनापछि अभद्र व्यवहारको मुद्दा दर्ता गराइएको थिया । मुद्दा दर्ता गरेपछि उनी सोही दिनदेखि फरार रहेको प्रहरीले जनाएको छ । उपमेयरले चलाउने नम्बरमा विगत एक सातादेखि स्वीच अफ आएपछि उनी सम्पर्कविहिन भएको बुझिएको दाबी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ (संशोधन सहित) अन्तर्गत कार्यपालिकाले आफ्ना सदस्यमध्येबाट कार्यवाहक जिम्मेवारी तोक्न सक्ने व्यवस्था छ, तर उपमेयरको पद स्वतः अर्को सदस्यलाई सर्ने स्वतन्त्र प्रावधान छैन ।

उपमेयर अधिक दिनसम्म सम्पर्कमा नआए कार्यपालिका बैठकबाट अर्का कार्यवाहक तोक्न सक्ने व्यवस्था ऐनमा उल्लेखछ ।

Comment


Related News

Latest News

Trending News