२०८३ जेष्ठ ५, मंगलवार १७:३२

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी बर्षको बजेट आउने बताउनुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लेले नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण रुपमा तालमेल रहेको भन्दै आगामी बजेट पनि त्यहि दिशामा हुने बताउनुभयो ।

उहाले निजी उद्यमीको आवरणमा बदमासी गर्नेहरुको बचाउ नगर्दिन बिपक्षी सांसदहरुलाई आग्रह गर्नुभयो । श्रमिक, किसान, भूमिहीन, सुकुम्बासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउने गरि सरकार प्रस्तुत हुने उहाले बताउनुभयो । गरिबीको खेती नै गर्ने एउटा ठूलो उद्योग रहेको भन्दै उहाले त्यसले निरन्तरता नपाउने स्पष्ट पार्नुभयो ।

मन्त्री वाग्लेले पुरानै शब्दजालको खोजी गर्नेहरुले सरकारको कार्यक्रममा नयाँ कुरा नभेटेको तर्क गर्नुभयो । विद्रोहपछि धेरै कुरामा बदलाव भएको र बाचापत्रमा प्रस्तुत गरेका सय बुँदालाई जनताले अनुमोदन गरेको भन्दै उहाले त्यसलाई विशेष ध्यान दिने उल्लेख गर्नुभयो ।

उहाले सरकारको कार्यक्रमलाई आफ्नै दस्तावेज बनाउन अर्को चुनाव कुर्न सुझाव दिनुभयो ।

Comment


Related News

Latest News

Trending News