२०८३ जेष्ठ ५, मंगलवार १९:००

प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्माले सपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट डा. शर्माले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संवैधानिक परिषद्को सिफारिसका आधारमा मंगलबार दिउँसो संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको थियो ।

वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्माको नाम सिफारिस गरेको थियो । शर्मा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट सपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानेछन् । प्रधानन्यायाधीशका रूपमा शर्माले ६ वर्ष काम गर्नेछन्, अर्थात् शर्मा २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्वमा हुनेछन् ।

Comment


Related News

Latest News

Trending News