कांग्रेस सभापति गगन थापाका निकट सहयोगी पूर्व प्रदेश मन्त्री वीरेन्द्र सिंहका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति ‘घाँडो’ बनेको छ ।
उनी स्वास्थ्य मन्त्री रहेको बेला प्रतिष्ठानको उपकुलपति नियुक्तिमा ठूलो ‘डिल’ भएको आरोप लाग्दै आएको छ ।उपकुलपति नियुक्तिका लागि पार्टीको लिखित निर्णय विपरीत २ करोड रुपैयाँ लिएको आरोप लाग्दै आएको छ । प्रतिष्ठानको उपकुलपतिमा डा.अकुंर साहलाई नियुक्ति नगर्न पार्टीका नेताहरुले लिखित निर्णय गरेका थिए ।तर मन्त्री सिंहले त्यो निर्णय उल्ट्याउँदै साहलाई नै उपकुलपतिमा नियुक्त गरेका थिए ।
उपकुलपति नियुक्तिमा ‘२ करोड’को डिल भएको कांग्रेसको एउटा पक्षले आरोप लगाउँदै आएको छ । कृष्ण यादव नेतृत्वको सरकारमा उनलाई त्यही आरोप लगाएर अवरोध गरिएको छ ।भीसी नियुक्त भएका डा.साह त्यस अघि प्रतिष्ठानको रेक्टर थिए ।तर यो डिलको पुष्टि हुन सकेको छैन् ।

