२०८३ जेष्ठ ६, बुधबार १२:३१
आज सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीकाे भाउ घटेर आज ताेलाकाे ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

