२०८३ जेष्ठ ६, बुधबार १४:२७

सरकारले निर्वाचनसंगसम्बन्धीत दुई वटा विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन(पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली-पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त विधेयकहरु प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको कार्यकाल पूरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनको लागि मतदाता नामावली सङ्कलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्नेगरी ल्याएको अध्यादेश बमोजिमका व्यवस्थालार्ई प्रतिस्थापन विधेयकमार्फत कायम राख्न मतदाता नामावली सम्बन्धी विधेयक ल्याइएको जानकारी दिनुभयो ।

त्यस्तै जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताउनुभयो । प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहिबार बोलाइएको छ ।

Comment


Related News

Latest News

Trending News