२०८३ जेष्ठ ६, बुधबार १६:०१

आईसीसी एकदिवसीय वरीयतामा नेपाली खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन् । घरेलु मैदानमा चलिरहेको लिग–टु शृङ्खलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो एकदिवसीय वरीयतामा नेपाली खेलाडीहरूले सुधार गरेका हुन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा आसिफ शेख ७ स्थान सुधार गर्दै ८७औँ, कुशल भुर्तेल १७ स्थान सुधार गर्दै १००औँ स्थानमा आइपुगेका छन् ।

यस्तै एकदिवसीय बलिङ वरीयतामा सन्दीप लामिछाने ६ स्थान सुधार गर्दै ३७औँ, ललित राजवंशीले १६ स्थान सुधार गर्दै ५४औँ, दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै ७९औँ स्थानमा आइपुगेका छन् ।

यस्तै एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औँ, सन्दीप ३ स्थान सुधार गर्दै ६८औँ, ललित १२ स्थान सुधार गर्दै ७४औँ, गुल्सन झा १५ स्थान सुधार गर्दै ८७औँ स्थानमा आइपुगेका छन् ।

Comment


Related News

Latest News

Trending News