२०८३ जेष्ठ ७, बिहीबार १२:००
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थीतिको माग गर्दै अध्यक्ष साम्पाङले संसदप्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीको कर्तव्य भएकाले त्यसलाई पूरा गर्न नसके मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो ।
उहाले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो ।
सुकुमबासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उहाको भनाइ छ ।
प्रधानमन्त्री सदनप्रति जवाफदेही हुनुपर्ने माग राख्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउदै आएको छ ।

