२०८३ जेष्ठ ७, बिहीबार १५:३०
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा समाहित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितको संयुक्त मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव (बारा) सर्वसम्मत चयन भएका छन्।
बुधबार र बिहीबार दुई दिनसम्म बसेको बैठकले बिहीबार यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो। मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको पूर्व अर्थमन्त्री एवं प्रदेश सभा सदस्य सञ्जय कुमार यादवले जानकारी दिए।
जसपा नेपालको १८ र लोसपाका ८ गरी मधेश प्रदेश सभामा हाल संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य रहेका छन्।
आजको बैठकले पुर्व मुख्यमन्त्री समेत रहेका यादवलाई सहमतिकओ आधारम दलको नेता चयन गरिएको छ ।

