२०८३ जेष्ठ ७, बिहीबार १६:१२

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।

बिहीबार बसेको बैठकमा बिपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने मागसहित उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । उनीहरुले सांसदहरुले उठाएका बिषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थीत भएर जवाफ दिनुपर्ने अडान राखेका थिए ।

बैठकमा विशेष समय सकिएपछि बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई समय दिनुभएको थियो । सांसद महरले प्रधानमन्त्रीले संसदलाई छल्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाले संसदको नियमावलीलाई बेवास्ता गर्न नमिल्ने भन्दै संसदमा उपस्थीत हुन रुलिङको माग गर्नुभयो ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी -नेकपा) का सासद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएकाले तत्काल रुलिङको माग गर्नुभयो । उहाले प्रधानमन्त्रीले सदनलाई बेवास्ता गर्नु संविधान र सार्वभौम जनताप्रतिको अपमान भएको उल्लेख गर्नुभयो ।

त्यस्तै राप्रपा सांसद खुस्बु ओलीले सदनमा सांसदहरुको प्रश्नको जवाफका लािग प्रधानमन्त्रीलाई सदनमा उपस्थीत गराउन माग गर्नुभयो ।

त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी कोहि पनि चल्न नसक्ने भन्दै तत्काल प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङको माग गर्नुभयो । बिपक्षीको अवरोधपछि सभामुख अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गर्नुभएको थियो ।

तर बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थीतिका लागि रुलिङ हुनुपर्ने अडान कायमै राखेका थिए । बिपक्षी सांसदले निरन्तर अवरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News