२०८३ जेष्ठ ८, शुक्रबार १७:१९

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीति सल्लाहकार अशिम शाह नेतृत्वको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले नागरिकसँग संविधान संशोधनका विषयमा सुझाव मागेको छ । कार्यदलले शुक्रबार सूचना प्रकाशित गर्दै नागरिकसँग राय सुझाव मागेको हो ।

‘यस कार्यदलको मिति २०८३/०१/१० को बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हुँदा नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनको बारेमा सात (७) दिनभित्र देहायको ठेगानामा सुझाव उपलब्ध गराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ,’ शुक्रबार सूचना प्रकाशित गर्दै कार्यदलले भनेको छ ।

मन्त्रिपरिषद्को २०८२ चैत १६ को निर्णयबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

Comment


Related News

Latest News

Trending News