२०८३ जेष्ठ ९, शनिबार ०८:३२

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले उपमेयर किशोरी साहलाई बेवास्ता गर्दै कार्यभार सम्हाल्नका लागि मेयरको जिम्मेवारी परमेश्वर साहलाई दिएका छन् । मेयर साहले उपमेयर किशोरी साहलाई बेवास्ता गर्दै कानुन विपरीत वडाध्यक्ष परमेश्वर साहलाई कार्यभार सम्हाल्नका लागि मेयरको जिम्मेवारी दिएपछि अहिले उनको आलोचना हुन थालेको छ ।

आफूलाई स्वतन्त्र निर्वाचित मेयर भनिए पनि मनोजकुमार साह निर्वाचित भएपछि उनी नेपाली कांग्रेसमै फर्केका थिए । उपमेयर किशोरी साह भने पार्टीका आधिकारिक उम्मेदवार हुन् । त्यसो त जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साह पनि कांग्रेसबाट नै निर्वाचित छन् ।

एउटै पार्टीमा यिनीहरु रहे पनि मेयर र उपमेयरबीचको विवाद सतहमा आएको भन्दै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले पनि आँकलन गर्न थालेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले कानुन विपरीत शुक्रबार जनकपुरधाम– ९ का वडाध्यक्ष परमेश्वर साहलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था रहेको छ । उपमेयर किशोरी साहले आफूलाई जनकपुरधाम उपमहानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी नदिइएको बारे अन्योल प्रकट गरे ।

उपमेयर किशोरी साहले भने, ‘आफू जनकपुरधाममै रहेको र आफूलाई किन कार्यवाहकको जिम्मेवारी दिइएन भन्नेबारे केही थाहा नै छैन ।’ म जनकपुरधाममै विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेको छु । उनीहरूको यस्तै धारणा छ भने के गर्ने ? अब म लडाइँ गरौँ

Comment


Related News

Latest News

Trending News