२०८३ जेष्ठ ९, शनिबार ०८:५०

मधेश प्रदेश सभामा दलहरुबीच पटक पटक देउँसी भैलो हुँदै आएको छ । तर शुक्रवार बसेको बैठकमा जनमत पार्टी र एमालेबीच मधेश प्रदेश सभामा चर्काचर्की मात्रै भएन, उखान–टुक्का र कटाक्षले भरिएको ‘देउँसी–भैलो’ नै चल्यो ।

कांग्रेस–एमाले गठबन्धन र संघीयताको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप मात्र भएन कि, सत्ता पक्ष र प्रतिपक्ष आमनेसामने हुँदा बैठक केही समय निकै तातिएको थियो । जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले नेपाली कांग्रेस र एमालेबीच बनेको सत्ता गठबन्धनलाई ‘अप्राकृतिक’ भन्दै त्यसलाई ‘भैंसी र गदहाको सहवास’ जस्तो रहेको टिप्पणी गरेपछि सदनमा हलचल मच्चिएको थियो ।

उनले एमालेलाई व्यंग्य गर्दै भने, ‘हाम्रा केही साथीहरू जो हिजोसम्म हामीसँगै थिए, तर आज अप्राकृतिक गठबन्धनमा लाग्नुभएको छ । एउटा उखानमा भन्या छ नि— भैंसी र गदहा जस्तोको सहवास । यस्तो गठबन्धनले अप्राकृतिक शक्ति जन्माउँछ, त्यसैले समय छदैं फर्केर आऊ ।’ सिंहले कांग्रेस–एमाले सहकार्यले देशलाई पुनः अस्थिरता र संकटतर्फ धकेल्ने खतरा बढेको दाबी पनि गरे । विगतका राजनीतिक घटनाक्रम स्मरण गराउँदै उनले संघीय संसद्मा बनेका यस्तै समीकरणकै कारण देशले कठिन परिस्थिति भोग्नुपरेको उल्लेख गरे । उनले जनआन्दोलनअघिको अवस्था दोहोरिन सक्ने चेतावनी दिँदै मधेश प्रदेशकै अस्तित्वमाथि समेत प्रश्न उठ्न सक्ने आशंका व्यक्त गरे ।

‘भोलि मधेश प्रदेश नै नरहने अवस्था आउँदैन भनेर ग्यारेन्टी गर्न सकिँदैन,’ भन्दै उनले वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्टि पोखे । जनमत नेताको कटाक्षपछि एमाले संसदीय दलका नेता सरोज यादवले पनि उस्तै शैलीमा जवाफ फर्काए । उनले अरूको कमजोरी औँल्याउनुभन्दा पहिले आत्मसमीक्षा गर्न सुझाव दिँदै ‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने प्रवृत्ति’ त्याग्नुपर्ने टिप्पणी गरे ।

यादवले एमाले देशकै ठूलो संघीयतावादी शक्ति भएको दाबी गर्दै एमालेलाई संघीयताको पाठ पढाउने प्रयास उचित नहुने चेतावनी दिए । उनले ‘जेनजी विद्रोह’ प्रसंग निकाल्दै त्यसबेला एमाले नेतृत्व मात्र नभई जनमत पार्टीका कार्यालयसमेत असुरक्षित बनेको स्मरण गराए । ‘जेनजी विद्रोह हुँदा हाम्रो नेतृत्व मात्रै असुरक्षित भएको थिएन, तपाईंहरूको कार्यालय पनि जलाइएको थियो,’ उनले भने, ‘त्यसैले एमालेमाथि औँला उठाउँदा आफ्नो वास्तविकता पनि हेर्नुपर्छ ।’ नेपाली कांग्रेस र नेकपा एमाले बीचको गठबन्धनले देशलाई पुनः अस्थिरता र संकटतर्फ धकेल्ने खतरा बढेको बताए ।

उनले विगतमा कांग्रेस–एमाले सहकार्यको परिणामले निम्त्याएको जेनजी आन्दोलनबाट उत्पन्न परिस्थतिले देशले भोगिरहेको अवस्था बारे अवगत सकेको राजनीतिक समीकरणप्रति चिन्ता व्यक्त गरे । उनले जनआन्दोलनअघिको राजनीतिक अवस्था स्मरण गराउँदै त्यतिबेलाको परि स्थिति पुनः दोहोरिन सक्ने बताए । ‘भोलि मधेश प्रदेश नै नरहने अवस्था आउँदैन भनेर ग्यारेन्टी गर्न सकिँदैन,’भन्दै उनले वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाए । सिंहले गरेको कटाक्षमा एमाले संसदीय दलका नेता सरोज यादवले एमाले नेता यादवले अरूको कमजोरी औँल्याउनुभन्दा पहिले आत्मसमीक्षा गर्न आग्रह गरे ।

उनले ‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने प्रवृत्ति’ त्याग्नुपर्ने भन्ने जवाफ फर्काए । उनले एमाले देशकै ठूलो संघीयतावादी शक्ति भएको दाबी गर्दै एमालेलाई संघीयताको पाठ पढाउन खोज्नु उचित नहुने चेतावनी दिए । ‘जेनजी विद्रोहÚको प्रसंग उल्लेख गर्दै उनले त्यसबेला एमाले नेतृत्व मात्रै नभई जनमत पार्टीका कार्यालयसमेत असुरक्षित बनेको टिप्पणी गरे । ‘जेनजी विद्रोह हुँदा हाम्रो नेतृत्व मात्रै असुरक्षित भएको थिएन, तपाईंहरूको कार्यालय समेत जलाइएको थियो, ‘उनले भने, ‘त्यसैले एमालेमाथि औँला उठाउँदा आफ्नो वास्तविकता पनि हेर्नुपर्छ ।’

Comment


Related News

Latest News

Trending News