२०८३ जेष्ठ ९, शनिबार ०८:५९

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समिति अध्यक्षसँग काम मिलाइदिने नाममा रकम मागिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई औरही सडक क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

अख्तियारका अनुसार पक्राउ परेका यादवसँग थप नगद रकमसमेत रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News