२०८३ जेष्ठ ९, शनिबार ०९:१०

बितेको साता विश्व राजनीति उकुस– मुकुसमय रह्यो । लामो सिजफायरपछि, अमेरिकाकी युद्धवाहक जहाज पुनःइरानको आकाशमा चक्कर लगाएको देखियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणबाट फर्केको तीनदिन नबित्दै रुसी राष्ट्रपति पुतिन चिनीया समकक्षी सि जिङ संग अंगालो मारेर तस्वीर साझा गरेको कौतुहलपूर्ण दृश्य पनि देखियो ।

नेकपा एमालेले पूर्व राष्ट्रपति डा. रामबरण यादव तथा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली र झलनाथ खनालको उपचामा खर्च भएको ३ करोड ८५ लाख रुपियाँ राज्यकोषमा फिर्ता गरेको शुभ समाचार पढ्यिो । नेपालका विवादित व्यावसायी दीपक भट्ट र जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल तथा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालसहित २९ जनामाथि सम्पति शुद्धिकरण कसुरमा २० अर्ब रुपियाँ बिगो कायम गरेर मुद्धा दायर गरेको समाचार पढ्यिो अनि नेपाली काँंग्रेस, नेकपा एमाले र श्रम संस्कृति पार्टीको अनुनय–विनय तथा हो–हल्लाका बावजूद प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरुलाई संवोधन गर्न संसद नछिरेको तथा हो–हल्लाकै बीच विधेयक पारित भएको दृश्य टेलिभिजनको पर्दामा प्रत्यक्ष देखियो । तर यी र यस्ता अनेकौ घटना–परिघटनामध्ये विश्वलाई तरंङित बनाएको घटना हो– भारतीय जेन–जी युवा अभिजीत दिपकेले सञ्चालन गरेको ‘काकरोच/साङलो/तेलचट्टा’अभियान ।

सामाजिक सञ्जालमार्फत चलाइएको यस व्यङ् यात्मकअभियानले जहाँ भारतीय युवालाई गोलबन्द गरेको छ, त्यही गरिबी रेखामुनि रहेका मध्य एशियाका युवाहरुलाई नयाँ सिख पनि दिएको छ । त्यो सिख के हो भने–राजनीति एउटै नेताले पुस्त–दरपुस्तगरी खाने व्यावसाय होईन । युवाहरु परिवर्तनका वाहक हुन् । बेरोजगारी युवाको चाहना होईन, राज्यको असफलताको प्रतिफल हो ।

परिवर्तन सडक तताएर मात्र हुदैन, मोवाईल, लेपटप र कम्प्युटरको की–बोर्डबाट पनि सम्भव छ । पाँचदिनभित्र यस अभियानसंग भारतका डेढ करोड भन्दा अधिक युवा जोडिई सकेका छन् । यो सामग्री पाठकहरुको हाथसम्म पुग्दा अभियानसंग जोडिनेहरुको संख्या २ करोड नाघ्ने छन् । यस अभियानले अपमानलाई पहिचानको रुपमा स्वीकार गर्दाको आत्मगौरव झल्काएको छ ।

असलमा भारतका चिफ जस्टीश (प्रधानन्यायाधीश) सूर्यकान्तले एक मुद्दाको सुनुवाईको क्रममा बेरोजगार युवाहरुलाई काकरोच अर्थात् साङलोसंग तुलना गरेका थिए । साङलो अर्थात् परजीवी, जो आफै काम गर्दैनन् । सामाजिक सञ्जाल चहारेर दिन बिताउँछन् । अल्छी हुन्छन् । अमेरिकाको प्रतिष्ठित बोस्टन युनिभर्सिटीमा स्नातकोत्तर गरिरहेका जेन–जी युवा अभिजीत दिपकेलाई चिफ जस्टिशको यो टिप्पणी मन परेन । उनले सामाजिक सञ्जालमा लेखे– ‘सबै साङलाहरु एक जूट भए भने के हुन्छ ?

बस, देश विदेशमा रहेका भारतीय युवाहरु एक जुट हुन थाले ।पाँचदिनमै यी साङलाहरुको गोला २ करोडको डल्लोमा रुपान्तरण भएको छ । अब यी तेलचट्टाहरु के गर्ने होलान? क–कस्को तेल चाट्ने होलान् ? यस व्यङ्यात्मक अभियानको नाम दिइएको छ– ‘काकरोच जनता पार्टी -सीजेपी) ।’नेपालका जेन–जी पुस्ताहरु जस्तै भारतीय जेन–जी पुस्ताको यो अभियान भोलि राजनीतिक दलको रुपमा परिणत होला वा नहोला, भविष्यले देखाउने हो तर यस अभियानले भारतीय जनता पार्टी, भारतीय कांग्रेस पार्टी, आम आदमी पार्टी जस्ता राजनीतिक दलहरुको जग भने नराम्ररी हल्लाएको छ ।

दुई वर्ष यता, जेन–जीयुवाहरुको साईबर विद्रोहको रापताप नेपालसंगै श्रीलंका र बंगलादेशका जनताले अनुभव गरिसकेका छन् । भाद्र २३ र २४ गतेको जेन–जी विद्रोहले नेपालमा झण्डै दुई तिहाईको सरकारलाई धूलिसात पारेको तथा फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा यिनै जेन–जी पुस्ताले अगुवाई गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको दुनियाले देखेकै छ । बेरोजगारी युवाहरुद्वारा सिर्जित समस्या होईन, सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको प्रतिफल हो ।

५० डिग्रीको रापतापमा काम गर्न खाडी जानु पर्ने विवश नेपाली युवाहरुले आफ्नो देशमै काम पायो भने काम गर्छ कि गर्दैनन ? पक्कै पनि गर्छन । फेरि अपमानलाई पहिचानको रुपमा स्वीकार गर्दा अपमानितहरु बीच गजबको एकता हुंँदा रैछन् । जसको उदाहरण नेपालमै पनि छन् । मधेश आन्दोलन अघि काठमाण्डौ जाने मधेशीहरुलाई त्यहाँका मूलवासीहरु मर्सिया भन्थे ।

धोती भनेर गिज्याउँथे । दलित, आदिवासी र जनजातिलाई हेला गर्थे तर जब माओवादीसम्बद्ध मधेशी मुक्ति मोर्चाका संयोजक मातृका प्रसाद यादवले काठमाण्डौको गलिगलिमा लेख्न लगाए– ‘गर्व से कहू हम मधेशी छी । भगौडा नहि धरती पुत्र छी ।’ जब मधेश आन्दोलनले नेपाली सत्ताको जग हल्लाउन थाले । जब थारु, दलित, आदिवासी जनजातिहरु राज्य तथा सत्ताधारीद्वारा गरिदै आएको अपमानलाई पहिचानको रुपमा स्वीकार गर्दै आन्दोलनमा उत्रेपछि नेपाली राज्यसत्ता थोर बहुत जिम्मेवार बने । अतः राज्यलाई सचेत गर्न, सरकारको कामकाजबारे सम्झाउन, जिम्मेवार बनाउन युवाहरुको हस्तक्षेप आवश्यक हुन्छ ।

Comment


Related News

Latest News

Trending News