२०८३ जेष्ठ ९, शनिबार १२:४२

नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने बताउनुभएको छ ।

शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताउनुभएको छ । उहाले सरकारले आफैले गरेको प्रतिबद्धता अनुसार भाद्र २४ गतेको विध्वंशको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गर्नुभयो ।

उहाँले भाद्र २३ र २४ गतेको घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र्सार्वजनिक गर्नुपर्ने बताउदै प्रतिवेदन अनुसार दोषीलाई कारवाही हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकोले त्यस्ता कार्य नगर्न आग्रह समेत गर्नुभयो ।

एक प्रश्नको जवाफमा सभापति गगन थापाले सरकार गठन भए यता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताउनु भयो । उहाँले सरकारको गलत क्रियाकलाप रोक्न आफुहरुले प्रयास जारी राख्ने बताउनु भयो ।

त्यस्तै सभापति गगन थापाले मुलुकको अवस्था र गम्भिरतालाई बुझेर पार्टीभित्रको असहमति र विमतीलाई मिलाएर समाधान खोज्न आफु तयार रहेको बताउनु भयो । उहाँले केन्द्रिय समिति बाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको बेला पार्टीविधि र विधान बाहिर गएर काम नगर्न आग्रह गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News