मधेश प्रदेशको मन्त्रिमण्डल शनिवार विस्तार हुन सकेन् ।शुक्रवार विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले त्यही दिन मन्त्रिमण्डल विस्तार गर्ने सोंचमा थिए । तर नेकपा एमालेले मन्त्रीको सूची नदिएका कारण शनिवार पनि विस्तार रोकिएको छ ।
विश्वासको मत लिनु अगाडि मुख्यमन्त्री यादवले सत्ता साझेदार परिवर्तन गर्दे मधेश केन्द्रित दलहरुलाई गठबन्धनबाट हटाएर एमालेलाई भित्र्याइएका छन् । गठबन्धन दलहरुबीच भएको सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय पाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी-नेकपा)ले थपमा अर्थ मन्त्रालय पाएको छ ।नेकपा पहिले देखि नै सरकारमा रहेकाले पुराना मन्त्रालयहरुको अतिरिक्त अर्थ मन्त्रालय पाएको छ । एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले मन्त्रीको नाम टुंगो नलगाएका कारण मन्त्रिमण्डल विस्तार रोकिएको स्रोतले जनाएको छ । एमाले संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोज यादवले सरकारमा एमालेको सहभागिता देखाउन मो. शमिमलाई मन्त्री बनाएका छन् ।तर उनले पनि विभाग पाएको छैन् ।
एमाले केन्द्रीय सचिवालयको बैठक काठमाण्डुमा चलिरहेको छ ।त्यहाँ अध्यक्ष ओलीको राजीनामा माग गरिएको छ ।सचिवालय बैठकमा अध्यक्ष ओली अल्पमतमा परेका छन् ।उनका अत्यन्त विश्वास पात्र मानिएका विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि साथ छाडेका छन् ।
मधेश प्रदेशमा दलका नेता यादव र उप महासचिव रघुवीर महासेठबीच मन्त्रीको विषयमा तानातान रहेको बताइन्छ ।प्रदेशमा विवाद देखिएपछि अध्यक्ष ओलीले निर्णय आफैले गर्ने भन्दै मन्त्रीको नाम नपठाउन यादवलाई निर्देशन दिएको स्रोतले जनाएका छन् । एमालेको भागमा जनता समाजवादी पार्टी- जसपा)नेपालको कोटामा रहेका तीनवटै मन्त्रालय परेको छ
।जनमत कोटाको अर्थ मन्त्रालय नेकपालाई दिए पनि खेलकुद तथा समाजकल्याण मन्त्रालयको विषयमा टुंगो नलागेको स्रोतले जनाएको छ ।

