२०८३ जेष्ठ १०, आईतवार ११:१३
नेपाली बजारमा आज (आइतबार)सुन-चाँदीको भाउ घटेको छ। शुक्रबार तोलामा एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला पाँच हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार १० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

