२०८३ जेष्ठ १०, आईतवार १७:४१

साउदी अरेबियाले अवैध रूपमा त्यहाँ रहेका ६३ नेपालीलाई ‘एक्जिट भिसा’ दिएको छ ।

स्वदेश फर्कन सहज होस् भनेर साउदीले उनीहरूलाई एक्जिट भिसा दिएको हो । एक्जिट भिसा प्राप्त गरेकालाई साउदीको रियादस्थित नेपाली दूतावासले यथाशीघ्र नेपाल फर्कन अनुरोध गरेको छ ।

‘वर्किङ भिसा’को समय सकिएपछि पनि साउदीमा रही अवैध रूपमा रहेका अर्थात् इकामाको म्याद समाप्त भएका ठूलो संख्यामा नेपाली साउदी अरेबियामा रहेका छन् । एक्जिट भिसा प्राप्त नगरेसम्म उनीहरू त्यहाँबाट बाहिर जान पाउँदैनन् ।

रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले इकामाको म्याद समाप्त भएकाहरूलाई एक्जिट भिसा दिँदै आएको छ । यसैबीच २६ नेपालीको एक्जिट भिसा आएको आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावासले जनाएको हो ।

“यदि मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध छ,” नेपाली दूतावासले भनेको छ, “एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ, एक्जिट पेपर लिनको लागि दूतावास आइरहनु पर्दैन ।”

एक्जिट भिसा प्रक्रिया निःशुल्क हुने तर भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News