२०८३ जेष्ठ १२, मंगलवार ०७:५२

प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको विरोध प्रदर्शनले अधिकांश चिकित्सकहरु पेनडाउनमा बसेपछि बिरामीहरु विचल्लीमा परेका छन । चिकित्सकहरु नै पेनडाउनमा बसेपछि प्रादेशिक अस्पतालका विभिन्न वार्ड प्रभावित भएपछि बिरामीहरु विच्चलीमा परेको हो ।

एक सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकहरु नै दोषी रहेको भन्दै तिनीहरुको कारवाहीको माग गर्दै मृतकका आफन्त पक्षसहित युवाहरु प्रदर्शनमा उत्रेपछि सुरक्षाको कारण देखाउंदै चिकित्सकहरु समेत पेनडाउन गरी आन्दोलन शुरु गरेका हुन् । उनीहरु गत तीनदिनदेखि पेनडाउन गरेपछि ओपिडी सेवा प्रभावित बनेको हो । दुवै पक्षको आन्दोलनले विभिन्न जिल्लाबाट आउने सयौँ गरिब, निमुखा बिरामीहरु फर्केर जानुपर्ने वा महँगो खर्चमा निजी अस्पतालमा उपचार गराउने लगायतका सास्ती भोग्न बाध्य भएका छन् । उपचार, चेकजाँच नपाउँदा उनीहरुमा बिच्चली भएको छ ।

चिकित्सकहरुको पेनडाउनका बावजूत केही चिकित्सकहरुले सेवा दिइरहेपनि बिरामीको चाप बढी भएको कारण अस्तव्यस्त बनेको छ । अधिकांश बिरामी फर्किने वा निजी क्लिनिकमा जानुपर्ने बाध्यता रहेको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा यस्ता आन्दोलनले चिकित्सकमाथिको विश्वास र भरोसा घट्दै गएको छ भने उपचारको क्रममा हुने मृत्युको विषयलाई चिकित्सकको लापरवाहीसँग जोडेर पटक पटक आन्दोलन गर्ने प्रवृतिले अस्पताल जस्तो क्षेत्रमा संवेदनशीलता बढदै गएको छ ।

विरामीहरुले ओपिडी टिकट कटाउने, उपचारका लागि लाम बस्ने, उपचार हुने आसमा बस्ने गर्दा अस्पतालमा भीडभाड भएको छ भने अझै उपचार पाउन सकेको छैन् । प्रसुति महिलाको मृत्यु घटनामा अस्पताल प्रशासनले शल्यक्रियामा संलग्न दुई चिकित्सकलाई निलम्बन निलम्बन गर्दा चिकित्सक सँघले उपचारको क्रममा मृत्यु हुने घटनामा निलम्बन गर्नु उचित नरहेको अडान लिएपछि अन्य डाक्टर, कर्मचारीहरुले पेन डाउनमा उत्रेका छन् ।

पेनडाउनमा बसेका चिकित्सकहरुले हरेक घटनामा चिकित्सकलाई दोषी देखाएर आत्मसम्मान ठेस पु¥याउनु, सुरक्षा र संवेदनशीलताको वातावरण खल्बलाउनु कार्यले पेनडाउन गर्नुपरेको बताएका छन् । उनीहरुले अस्पतालमा बिरामीको ज्यान जाने लगायतका कुनै घटना भए त्यसको विशेषज्ञ टीमद्वारा छानबीन गरेर कारवाही गर्नुको सट्टा हरेक घटनामा चिकित्सकलाई दोषी करार गरी निलम्बन गर्ने लगायतका क्रियाकलापले पेशा नै संकटमा पर्ने अवस्था श्रृजना भएको बताएका छन् ।

उनीहरुले सुरक्षाको ग्यारेन्टी र काम गर्ने वातावरण निर्माण नभएसम्म पेनडाउन जारी रहने बताएका छन् । यद्यपी, दुवै पक्षबीच सम्झौता भईसकेपनि डाक्टर हरुको पेनडाउन भएको कारण अवस्था तनावमय बनेको छ । यसलाई चिकित्सकहरुले नीजि अस्पतालमा विरामी पठाउने षडयन्त्र भन्दै केही विरामीका आफन्तले आक्रोस समेत पोखेका छन् । तर अस्पताल प्रशासनले सुरक्षाको अवस्था देखाउंदै पेनडाउन गर्नुपरेको बताउंदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News