२०८३ जेष्ठ १२, मंगलवार ०८:१८

रौतहटस्थित सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वाको गस्ती टोलीले ठूलो परिमाणमा अवैध भारतीय धानको बीउसहित ४ थान मोटरसाइकल बरामद गरेको छ।

आइतबार राति करिब साढे १० बजे परोहा नगरपालिका–७ नरकटिया स्थित सोना इट्टा उद्योग पछाडिको खेत क्षेत्रमा अवैध रूपमा भन्सार छलि लुकाइछिपाइ राखिएको धानको बीउ बरामद गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हे।क्वा। रौतहटबाट खटिएको टोलीले उक्त सामग्री बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले बताएका छन्।

एसपी अधिकारीका अनुसार ४ वटा मोटरसाइकलमा लोड गरिएको तथा खेतमा थुपारेर राखिएको कुल ५२ बोरा ९१७४५ केजी० धानको बीउ फेला परेको थियो।

बरामद गरिएको धानको बीउ र मोटरसाइकलको कुल मूल्य ९ लाख ३ हजार ५ सय कायम गरी आवश्यक कारवाहीका लागि आज सोमवार गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News