२०८३ जेष्ठ १२, मंगलवार १२:३८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसंग माग गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद सिंहले चिनी मिलले अझै पनि उखु किसानको बक्यौता भुक्तानी नगरेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गर्नुभएको हो । साथै उहाले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेकाले सरकारले दिने रकम पनि चाँडै उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहाले रोपाइँको सिजन सुरू हुन लागेको समयमा मलको उपलब्धता हुन नसकेकाले मलको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

सांसद सिंहले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै यसतर्फ पनि ध्यान दिन माग गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News