२०८३ जेष्ठ १३, बुधबार ०८:०१

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने विवाद शुरु भएको आन्दोलन लिखित सहमती पछि स्थगित गरेको छ । डिभिजन वन कार्यालयले वस्ती हटाउने गरेको प्रयासको विरोधमा स्थानीय सुकुम्बासी आन्दोलनमा उत्रेका थिए ।

आन्दोलनका कारण पूर्व– पश्चिम राजमार्ग तथा बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सयौँ सवारी साधनका हजारौ यात्रुहरु बीच बाटोमै रोकिएर अलपत्र परेका थिए भने अहिले राजमार्ग ५ बजे देखि सुचारु भएपछि गन्तव्य तर्फ निस्किन थालेका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षानिकाय जिल्ला स्तरीय प्रमुखहरु सहितको स्थानियवासी बीच यो बस्ती हटाउने कुनै पनि किसिमको काम अघि नबढाउने लिखित सहमती पश्चात आन्दोलन हाललाई स्थगित गरिएको र अवरुद्ध रहेको बाटो खुलाइएको वडा अध्यक्ष विष्टले बताएका छन् ।

यअसघि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको आन्दोलन चर्किँदा डिभिजन वन कार्यालयको गाडी जलाएका थिए । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रका अनुसार सोमबार राति करिब १२ बजे वन कार्यालयको गाडीमा आगजनी गरिएको थियो । वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको टोलीलाई स्थानीयले नियन्त्रणमा लिएपछि अवस्था तनावग्रस्त बनेको थियो।

सब– डिभिजन वन कार्यालय गढन्ताकी वन अधिकृत स्वेता झाको नेतृत्वमा पुगेको सात सदस्यीय टोलीलाई स्थानीयले रातिसम्म नियन्त्रणमा राखेका थिए । स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई घेराउ गरेका थिए । पछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वन कर्मचारीहरूको उद्धार गरिएको थियो ।

डिभिजन वन कार्यालयका अनुसार राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण तथा खेतीपाती हुँदै आएको छ । वन कार्यालयले उक्त क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । मंगलबार बिहानदेखि पनि आन्दोलन जारी रहेको थियो ।

स्थानीयवासीले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । स्थानीय नेता गणेश बस्नेतका अनुसार सरकारले लामो समयदेखि स्थानीयको माग बेवास्ता गरेपछि आफूहरू सडक आन्दोलनमा उत्रिन बाध्य भएको हो ।

Comment


Related News