२०८३ जेष्ठ १३, बुधबार ११:४१
नेपाली बजारमा आज सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि भएको छ।
आज सुन तोलामा १ हजार रुपैयाँले घट्दा चाँदी तोलामा २० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

