२०८३ जेष्ठ १४, बिहीबार १५:२०

रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुर गाउँमा पार्किङ गरी राखिएको ट्याक्टरमा अज्ञात मानिसले आगजनी गरेका छन्।

आज बिहीवार बिहान करिब ३ बजे स्थानीय बाला शंकर महतोको नाममा रहेको ना ६ त ९१८६ नम्बरको इन्डोफर्म कम्पनीको ट्याक्टर आफ्नै गोठघर अगाडि पार्किङ गरी राखिएको अवस्थामा अचानक आगलागी भएको थियो।

आगलागी भएको करिब १० मिनेटमै स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले बताएका छन्।

आगलागीबाट ट्याक्टरको स्टेरिङ, मिटर बक्स, सिट, टंकी तथा छाउनी पूर्णरूपमा जलेर नष्ट हुँदा १ लाख रुपैयाँ बराबरको क्षती भएको इन्स्पेक्टर केसीले जानकारी दिएका छन्।

घटनाको जानकारी बिहान ६ः२० बजे प्रहरीमा प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मौलापुरबाट असई सियाराम साहको कमाण्डमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागी हुनुको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

Comment


Related News