२०८३ जेष्ठ १७, आईतवार ११:१६
एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ ।
सिंगापुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई सहजै हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९ ओभर दुई बलमा ९२ रन बनाएर अलआउट भएको हो ।
आक्रामक ब्याटिङ गर्दै ओपनर कुशल भुर्तेलले चीनविरुद्ध १६ छक्कासहित ४३ बलमा १२९ रन बनाए ।
नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए । मल्लले पाँच छक्का र आठ चौकाको मद्दतमा ४७ बलमा ८५ रन बनाए भने कप्तान पौडेलले २१ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ६९ रन बनाए ।

