२०८३ जेष्ठ १८, सोमबार ०९:०२

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदै छन्।

भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रास्वपा सभापति लामिछाने आज भारत जाने भएका हुन्।

भारत भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि हुने छन्।

रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार रविले आज जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्नेछन्।

सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जानकारी रास्वपा प्रवक्ता मनीष झाले दिएका छन्।

साथै रविले भाजपाका शीर्ष नेतासँग छलफल गर्नेछन् भने भारतमा बसोबास गरिरहेका नेपाली र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट पनि गर्नेछन्।

जसमा रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने उल्लेख छ।

रास्वपा सभापति आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।

Comment


Related News

Latest News

Trending News