२०८३ जेष्ठ १८, सोमबार १३:४४

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरि सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भूकम्प र कोराना महामारीका साथै अन्तराष्ट्रिय घटनाले मुलुकको अर्थतन्त्रमा परेको असरलाई अन्त्य गर्दै अर्थतन्त्रको बृहत सुधार गर्ने गरि सरकारले पारदर्शी ढङ्गले बजेट बजेट ल्याएको बताउनुभएको हो ।

उहाले ऋणमा आश्रित नभइ आन्तरिक स्रोतमा महत्वाकांक्षी ढङ्गले १५ सय ८० अर्ब राजस्व उठाउने सरकारको लक्ष्य रहेको धारणा राख्नुभयो ।

उहाले ५ प्रतिशतको कर नीतिले उपभोक्तलाई असर नपर्ने समेत बताउनुभयो । विद्युत महशुसमा लगाएको करले उपभोक्तालाई मार नपर्ने गरी विकल्पको खोजि भइरहेको उहाको भनाइ छ ।

उहाले विधुतीय सवारी साधनको हकमा पनि कम वाटका गाडीहरुलाई करका कारण कुनै असर नपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री वाग्लेले यस पटकको बजेटमा धेरै सुधारका काम गर्न खोजिएकाले भ्रम छर्ने कामहरू बन्द गर्न आग्रह गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News