२०८३ जेष्ठ १९, मंगलवार ०८:००

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा मेयर सिंह पक्राउ परेका हुन ।

गत १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम अदालतले मेयर सिंहसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

Comment


Related News

Latest News

Trending News