२०८३ जेष्ठ १९, मंगलवार १५:१५

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नविनसंग भेटवार्ता गर्नुभएको छ ।

मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा पुगेर सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नविनसंग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ ।

सो क्रममा सभापति लामिछानेले भाजपा कार्यालयको अवलोकन समेत गर्नुभएको थियो भने अन्य भाजपा नेतासंग पनि छलफल गर्नुभएको छ ।

त्यसअघि भाजपा कार्यालय पुग्दा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News